२० पुस, नुवाकोट । नुवाकोट उद्योग वाणिज्य सङ्घको १९औं वार्षिकोत्सवको अवसरमा ३३ जनाले रक्तदान गरेका छन् ।
सङ्घ, विदुर सिटि युथ क्लब र विदुर युवा रेडक्रस सर्कलको संयुक्त आयोजनामा भएको रक्तदानमा महिला ५ जना र पुरुष ३३ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी नुवाकोटका सभापति हरि श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा, जिल्ला प्रशासन कार्यालय नुवाकोटका प्रमुख रामकृष्ण अधिकारी, नेपाल उद्याेग वाणिज्य सङ्घका पदाधिकारी, नेपाल उद्याेग वाणिज्य सङ्घ बागमती प्रदेश महिला उद्यमी विकास समितिका कार्यकारिणी सदस्य तथा सभापति गिता अमात्यलगायतले रक्तदाताहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।
साधारणसभाको अवसरमा आयोजित रक्तदानले जिल्लामा रगतको अभावलाई पूर्ति गर्ने सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए ।
रक्तदानमा रेडक्रसद्वारा सञ्चालित रक्त सञ्चार केन्द्रकाे प्राविधिक सहयाेग रहेको थियो ।

प्रतिक्रिया