+
Search

ताजा अपडेट +

पपुलर +

कम्प्युटर हस्तान्तरण

computer handover to urbar health center of Bidur Municipality Nuwakot
डबली खबर
१ साल अगाडी

पुस १८, नुवाकोट । विदुर नगरपालिकाले आफ्नो नगरका स्वास्थ्य केन्द्रलाई उपकरण हस्तान्तरण गरेको छ ।

बुधबार आयोजित एक कार्यक्रममा नगरप्रमुख राजन श्रेष्ठले वडाअध्यक्षहरुको उपस्थितिमा स्वास्थ्य केन्द्रलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेका हुन् ।

नगरप्रमुखले नगरका सबै स्वास्थ्य केन्द्रलाई प्रविधिमैत्री बनाउँदै सेवाग्राहीका कार्य छिटो सम्पन्न बनाउन यसले थप सहयोग पुग्ने औल्याए । नगरबासीलाई छिटोछरितो सेवा प्रदान गर्न पनि कर्मचारीहरुलाई आग्रह गरेका छन् ।

नगरभित्र रहेका ११ ओटा रहेका स्वास्थ्य केन्द्रहरुको क्षमता अभिबृद्धिका लागि १/१ थान कम्प्यूटर र प्रिन्टर उपलब्ध गराईएको स्वास्थ्य प्रमुख रामराजा भण्डारीले जानकारी दिए । अन्य केन्द्रमा पहिले रहेकोले बाँकी स्वास्थ्य केन्द्रको काम सहज बनाउन कम्प्युटर उपलब्ध गराएको स्वास्थ्य प्रमुख भण्डारीले बताए ।

नगरपालिकाले उपलब्ध गराएको कम्प्युटरबाट अनलाईन रिपोर्टिङ लगायतका कार्य सम्पादनमा सघाउँ पुग्ने स्वास्थ्य प्रमुख भण्डारीले बताए ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ