+
Search

ताजा अपडेट +

पपुलर +

नगरप्रमुख प्रजापति नुवाकोट भ्रमणमा

bhaktapur municipality mayor sunil prajapati meets nuwakot three local level chairperson
डबली खबर
१ साल अगाडी

१८ पुस, नुवाकोट । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले र नुवाकोटका तीन स्थानीय तहका प्रमुखहरुसँग अलगअलग भेट गरेका छन् । बुधबार प्रमुख प्रजापतिले विदुर नगरपालिकाका प्रमुख, शिवपुरी गाउँपालिका र लिखु गाउँपालिकाका अध्यक्षहरुबीच भेट गरेका हुन् ।

नगरप्रमुख प्रजापति र नगरप्रमुख राजन श्रेष्ठबीच भएको भेटमा दुई स्थानीय तहबीच भएको कार्य सम्पादन, सेवा प्रवाह, सम्पदा पुनःनिर्माण, विकास निर्माणलगायतका क्षेत्रमा अनुभव आदानप्रदान भएको थियो ।

ख्वप विश्वविद्यालय स्थापना गर्ने उद्देश्यले सोको लागि आवश्यक भौतिक पूर्वाधारहरुको निर्माणमा पनि नपाले जोड दिँदै आएको बताउँदै नगरप्रमुख प्रजापतिले भक्तपुर नपाले विभिन्न जिल्लाबाट आएका विद्यार्थीहरुलाई सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताए ।

विदुर नपाका प्रमुख श्रेष्ठले नगरपालिकाको ऐतिहासिक, सांस्कृतिक र नगरका आयोजनाहरुबारे प्रष्ट परेका थिए । नगरपालिकामा साना र ठूला गरी नौसय वटा योजनाहरु सञ्चालन भइरहेको अवगत गराउँदै नगरपालिकाले वार्षिक छ करोडको हाराहारीमा आन्तरिक आम्दानी गर्दै जानकारी दिए ।

यस्तै, नगरप्रमुख प्रजापतिले लिखु गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठ र शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलियाबीच बुधबारनै छुट्टाछुट्टै भेट गरी दुई स्थानीय सरकारहरुबीच अनुभव आदानप्रदान गरेका थिए ।

प्रमुख प्रजापतिले भक्तपुरले शिक्षा, स्वास्थ्य क्षेत्रमा गरिरहेका असल अभ्यासबारे जानकारी गराउँदै क्षेत्रफलको आधारमा भक्तपुर देशकै सानो नगरपालिका भए पनि देशकै उत्कृष्ट शैक्षिक र पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास भइरहेको जानकारी दिए । नगरप्रमुख प्रजापतिले कृषि क्षेत्रको विकासले देशको दिगो विकास सम्भव भएको बताउँदै सरकारले युवाहरुलाई नियोजित रुपमा विदेश जान बाध्य पारिरहेको बताए ।

नगरप्रमुख प्रजापति र लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठबीच भेटवार्ता

लिखु गापाका अध्यक्ष श्रेष्ठले पालिकाको ६ वटै वडामा विभाजित लिखु गापा कृषिको उर्वरभूमिको रुपमा रहेको बताए ।

“लिखुमा आलु उत्पादन प्रमुख बालीको रुपमा रहेको बताउँदै आफूहरु निर्वाचित भएर आएपछि यहाँका सामुदायिक विद्यालयको शैक्षिक सुधारमा विशेष जोड दिएर काम गरेको छु”, उनले भने “युवा विद्यार्थीको अभावमा यहाँका कयौं कलेजहरु बन्द हुने अवस्थामा रहेको बताउँदै सरकारले कृषि क्षेत्रको विकासमा जोड दिनुपर्ने बताए ।”

नगरप्रमुख प्रजापति र शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थापलियाबीच भेटवार्ता

यसैगरी, अध्यक्ष गोविन्दप्रसाद थापलियाले शिवपुरी कृषि, पशुपालन र फलफूल खेतीको प्रचुर सम्भावना भएको ठाउँ भएको बताउँदै ज्येष्ठ नागरिकहरुको लागि स्वास्थ्य शिविर, गर्भवती महिलाहरुको लागि विशेष सुविधा र ६० वर्षमाथिका नागरिकलाई निःशुल्क औषधी वितरण जस्ता योजनाहरु अगाडि सारिरहेको जानकारी दिए ।

शिवपुरीको आन्तरिक राजश्व न्यून रहेको बताउँदै उनले भने, “कृषि प्राविधिकको अभावमा कृषि क्षेत्रको विकासमा अपेक्षाकृत काम गर्न नसकिएको हो ।”

नगरप्रमुख प्रजापतिले विदुर नगरपालिकामा रहेको ऐतिहासिक बजार त्रिशूली, भैरवी मन्दिर र नुवाकोट दरबार क्षेत्रलगायतको अवलोकन गरेका थिए ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ