sujim bazar advert

रुपिनदेवीको जगेडा कोष ३ लाख १३ हजार रुपैँया

डबली खबर     पुस १४, २०८१

Sizen Education Consultancy Pvt. Ltd.

rupindevi saving and credit cooperative society limited 12th annual meeting
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

१४ पुस, नुवाकोट । रुपिनदेवी बचत तथा ऋण सहकारी सस्था लिमिटेडको १२औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा संस्थाका पदाधिकारी, सदस्य र लेखा समितिका सदस्यहरुले २२ लाखभन्दा बढी ऋण लिएको छ । संस्थाको जगेडा कोष ३ लाख १३ हजार ९७३ रुपैँया रहेको छ ।

साधारणसभाको नुवाकोट उद्योग वाणिज्य सङ्घ नुवाकोटका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीले उद्घाटन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष उप्रेतीले लगानी डुब्दा संस्था धरासायी हुने भएकोले पूँजीगत लगानीमा ध्यान दिनुपर्ने बताए । धितो मुल्याङ्कन समितिले सुक्ष्म अध्ययन गरेर मात्र ऋण लगानी प्रवाह गर्नुपर्ने विचार राखेका छन् ।

संस्थाका अध्यक्ष रोशन शाहका अनुसार संस्थाको सेयर पुँजी १ करोड १५ लाख २९ हजार १०० रुपैँया रहेको छ । महिला १७६ जना र पुरुष ३४३ जना रहेको संस्थाले ५ करोड ४३ लाख २९ हजार ७०५ रुपैँया बचत सङ्कलन गर्न सफल भएको उनले जानकारी दिए ।

संस्थाले व्यवसायिक कर्जामा १ करोड २४ लाख ३८ हजार ३९३ रुपैँया, व्यक्तिगत कर्जामा ५९ लाख २५ हजार ८४५ रुपैँया र आवधिक कर्जामा १७ लाख ७० हजार रुपैँया ऋण लगानी गरेको छ ।

संस्थाले आव २०८०/०८१ मा कम दैनिक बचत गरेको छ । १५ लाख ८१ हजार ८४० रुपैँया दैनिक बचत गरेकोमा आव २०७९/०८० मा १९ लाख १४ हजार २८६ रुपैँया दैनिक बचत सङ्कलन गरेको थियो।

कार्यक्रममा बेगबहादुर सुनार उत्कृष्ट बचतकर्ता र कुमार विक उत्कृष्ट ऋणीलाई सम्मान गरिएको थियो ।

यस्तै, संस्थाले शैक्षिकसत्र २०८०मा एसइईमा उत्तीर्ण सेयर सदस्यहरुमध्येका रनिशा सुनार, अञ्जिल कार्की र सिम्रीका रिजाललाई सम्मान प्रदान गरिएको थियो।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top