१३ पुस, नुवाकोट । पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईद्वारा नुवाकोट दरबार क्षेत्र अवलोकन गरेका छन् ।
सचिव भट्टराईले साततले दरबार पुर्ननिर्माणको लागि चिनियाँ पक्षबाट सुरु भएको काम, विभिन्न तहका सरकारबाट भइरहेको सहयोग र आगामी दिनमा सौहार्दपूर्ण वातावरणमा काम गर्नको लागि गर्नुपर्ने सहयोगको सन्दर्भमा स्थलगत अवलोकन गरेका हुन् ।
दरबारसहितको नुवाकोट सम्पदा आसपासका संरचनाको जतिसक्दो चाडो पुर्ननिर्माण गरेर धार्मिक पर्यटन प्रबर्द्धनको लागि सरकारको तर्फबाट आवश्यक सहयोग पुर्याउन आफु सक्रिय रुपमा लागिरहने सचिव भट्टराईले प्रतिबद्धता जनाएका छन् ।

अवलोकनमा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, नेकपा एमालेकी केन्द्रीय सदस्य विन्दा ढुंगाना, जिल्ला इञ्चार्ज केशवराज पाण्डे लगायतको सहभागिता रहेको थियो ।
महादेवफाँटमा शनिबार एमाले बेलकोटगढी नगरको दोस्रो पालिका अधिवेशन उद्घाटन गर्न नुवाकोट आएका थिए ।
यस्तै, अधिवेशनलाई सम्बोधन गर्दै सचिव भट्टराईले दुई ठूला दलबीच भएको सहमतिअनुसार सरकार चलिरहेको हुनाले सहमतिअनुसार आगामी चुनावको अवधिसम्म गठबन्धन कायम रहने बताएका छन् ।
प्रतिक्रिया