sujim advert

न्यायिक समितिमा शून्य उजुरी

सुनील श्रेष्ठ     ५ महिना अगाडि

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

justice in nuwakot local level
bidur tax consultancy services in nuwakot

पुस १४, नुवाकोट । जिल्ला समन्वय समिति नुवाकोटको चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिक प्रगतिको प्रतिवेदनअनुसार नुवाकोटको दुई पालिकामा उजुरी नै नपरेको देखिएको छ ।

पालिकाको न्यायिक समितिमा परेको उजुरीको तथ्यांकअनुसार किस्पाङसुर्यगढी गाउँपालिकामा लिखित रुपमा कुनै पनि उजुरी नपरेको हो ।

किस्पाङ गाउँपालिकाको वडागतनै मिलापत्र भएको कारणले गर्दा न्यायिक समिति उजुरी नपरेको गाउँपालिकाका उपाध्यक्ष अर्जुनप्रसाद न्यौपानेले जानकारी दिए ।

न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउनेलगायतका कार्यहरु मिलापत्र एवं फर्छ्यौट गर्ने गर्दछ ।

न्यायिक समितिमा कुल ९६ ओटा उजुरी परेको छ । ५३ ओटा उजुरीको फर्छ्यौट भएको छ ।

विदुर नगरपालिकामा जग्गा साँध सिमाना, लेनदेन, बाटो, घरायसी र ज्याला मजदुरी सम्बन्धीका १८ उजुरीहरु परेका थिए । जसमा ३ उजुरीको फर्छ्यौट हुन बाँकी रहेको छ ।

बेलकोटगढी नगरपालिकामा गाली गलौज, जग्गाको साध सिमाना विवाद, श्रीमान श्रीमती विवाद र खानेपानी विवादका गरी कुल ९ ओटा उजुरी परेका थिए । जसमा ६ उजुरीको फर्छ्यौट भएको छ भने ३ उजुरीको फर्छ्यौट हुन बाँकी रहेको छ ।

advertisement placement

ककनी गाउँपालिकामा २३ ओटा उजुरी परेकोमा १२ ओटा उजुरीको फर्छ्यौट गरिएको देखिएको छ ।

तादी गाउँपालिकामा न्यायिक समितिमा १२ ओटा उजुरी परेको छ । न्यायिक समितिमा सार्बजनिक सम्पत्ति संरक्षण, घर टहरा,
घर निर्माण गर्न, पानी कुलो/बाटो, आर्थिक लेनदेन, जग्गा, आमदअनुसार खान लगाउन नदि घरबाट निकालिएको र बंगुरपालन सम्बन्धि विवादलगायतको उजुरीहरु परेको थियो । जसमा ३ उजुरीको फर्छ्यौट भएको छ भने ९ उजुरीको फर्छ्यौट हुन बाँकी रहेको छ ।

तारकेश्वर गाउँपालिकामा भने परापुर्वकालदेखि कायम रहेको बाटो बन्द, अर्काको हक भोगमा रहेको जग्गा आबाद/ भोग चलन र नाबालक छोराछोरी/पतिपत्नीलाई इज्जत आमदअनुसार खान लाउन वा शिक्षा दिक्षा नदिएको उजुरी परेको थियो ।

दुप्चेश्वर गाउँपालिकामा जेष्ठ नागरिकको पालनपोषण तथा हेरचाह नगरेको सामाजिक सुरक्षा भत्ताबाट बञ्चित, नाबालक छोराछोरी पति पत्नीलाइ इज्जत आदरअनुसार खान लाउन र शिक्षादिक्षा नदिएको, कुटपिट सामान्य, आर्थिक लेनदेन र गालि बेईज्जतीका ३ उजुरी परेको थियो । कुनै पनि उजुरीको फर्छ्यौट भएको देखिदैन ।

पञ्चकन्या गाउँपालिकामा आर्थिक लेनदेन, ज्याला मजदुरी, अंश विवाद र घरजग्गा विवादका ६ उजुरी परेका थिए । उजुरी परेका २ को फर्छ्यौट भईसकेको छ ।

advertisement placement

म्यागङ गाउँपालिकामा भने उजुरी परेको ३ ओटै उजुरी फर्छ्यौट गरिएको थियो ।

लिखु गाउँपालिकामा जग्गा सम्बन्धी विवाद, अंशबण्डा, लेनदेन सम्बन्धि विवाद, अन्य विवाद गरी कुल १० ओटा उजुरी परेको थियो । उजुरी परेकोमा ४ को फर्छ्यौट हुन बाँकी रहेको छ ।

शिवपुरी गाउँपालिकामा श्रीमान श्रीमतिबीच झगडा, साँध सिमाना, सहकारी शेयर सदस्यको आर्थिक हिनामिना, खानेपानी र सिंचाईको कुलोका गरी कुल ९ ओटा उजुरी परेको थियो । उजुरी परेकोमा ३ ओटाको फर्छ्यौट हुन बाँकी रहेको छ ।

बालविवाह, बहुविवाह, अनमेल विवाह, मानव बेचविखन जस्ता सामाजिक कुरीति कायमै रहनुलगायतका कारण सामाजिक उजुरी पर्ने गरेको प्रतिवेदनमा उल्लेख छ ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top