पुस १०, नुवाकोट । वनदेवी सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा जीवन डङ्गोल निर्विरोध निर्वाचित भएका छन् ।
शनिवार सम्पन्न संस्थाको विशेष साधारणसभाले डङ्गोलको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समुहको उपाध्यक्षमा वसन्त रिजाल र ज्ञानु थापा श्रेष्ठ, सचिवमा सुजनकुमार श्रेष्ठ, सहसचिवमा रमेश श्रेष्ठ र कोषाध्यक्षमा सुमन श्रेष्ठ चयन भएका छन् ।
सदस्यहरुमा प्रतिमा मिजार, सुशिलप्रसाद रिमाल, सरिता श्रेष्ठ, जमुना तिमिल्सिना प्याकुरेल, कृष्णकुमार श्रेष्ठ, श्यामबहादुर तामाङ, सुमन अधिकारी, श्रीकृष्ण आचार्य, रणबहादुर तामाङ, निरबहादुर बस्नेत र रोशन श्रेष्ठ चयन भएका छन् ।
विनोद श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय लेखा समिति गठन गरिएको छ ।
नवनिर्वाचित अध्यक्ष डङ्गोलले वन क्षेत्रको संरक्षण गर्ने दायित्व सबै स्थानीयबासीको रहेको बताए । सामुदायिक वन क्षेत्रलाई आयआर्जनको लागि प्रयोग गरिने उनले बताए ।

प्रतिक्रिया