+
Search

ताजा अपडेट +

पपुलर +

तीन पालिकाको अधिवेशन सम्पन्न

cpnuml nuwakot local level election
डबली खबर
१ साल अगाडी

८ पुस, विदुर । नेकपा एमाले नुवाकोटको पालिकागत अधिवेशनको समयावधीमा तीन पालिकाको मात्र अधिवेशन सम्पन्न भएको छ ।

एमालेको दोस्रो पूर्ण बैठकले कार्यतालिका तय गरेको मङ्सिरभित्र अधिवेशन गर्न भनिएतापनि विविध कारणले गर्दा समयमा अधिवेशन हुन नसकेको जिल्ला कमिटिका सचिव शिव चित्रकारले जानकारी दिए । अधिवेशन नभएका पालिकाको कमिटीहरुलाई पुसमसान्तभित्र सम्पन्न गर्न निर्देशन दिईसकेको सचिव चित्रकारले बताए ।

तारकेश्वर गाउँपालिका, लिखु गाउँपालिका र शिवपुरी गाउँपालिका गरी तीन पालिकाको मात्र अधिवेशन भएको छ । जिल्लाका बाँकी ९ पालिकाको भने अधिवेशन हुन सकिरहेको छैन । तारकेश्वरमा रणबहादुर तामाङ, लिखुमा भोलाप्रसाद सेढाईँ र शिवपुरीमा कमल तामाङको अध्यक्षतामा कमिटी गठन भएको छ ।

बेलकोटगढी नगरपालिकाको नगर कमिटि अधिवेशन यहि पुस १३ गते हुने जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ