+
Search

ताजा अपडेट +

पपुलर +

४८ विद्युतीय सवारीसाधनको नि:शुल्क जाँच

free ev checkup camp in Trishuli
डबली खबर
१ साल अगाडी

३० मङ्सिर, नुवाकोट । विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्न टिमुरे यातायात र फ्युचर स्टार मोर्टस् प्रालिको संयुक्त आयोजनमा नि:शुल्क जाँच शिविर भएको छ ।

शनिबार विदुर नगरपालिका-१ त्रिशुली बसपार्कमा आयोजना भएको नि:शुल्क क्याम्पमा ४८ ओटा विद्युतीय सवारी साधनहरुको जाँच गरिएको टिमुरे बस तथा मिनिबस यातायात प्रालिका अध्यक्ष प्रकाश जोशीले जानकारी दिए ।

जिल्लामा सञ्चालित विद्युतीय सवारीसाधनहरुको अवस्थाबारे जानकारी बारे थाहा दिन शिविर आयोजना गरिएको उनले बताए ।

हाल नुवाकोटमा टिमुरेको ६५ ओटा विद्युतीय माइक्रोबस सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ