+
Search

ताजा अपडेट +

पपुलर +

पुनर्निर्माणको लागि क्षमापूजा

Apology for Reconstruction in nuwakot durbar and taleju temple
डबली खबर
१ साल अगाडी

२७ मङ्सिर, विदुर । नुवाकोटमा रहेको साततले दरबार र लिच्छविकालीन तलेजु (तुलजा भवानी) को मन्दिरलगायतको पूर्ननिर्माणको लागि क्षमापूजा गरिएको छ।

आज एक कार्यक्रमका बीच गभाजुले पुजापाठ गरी विधिवतरुपमा दरबार र तलेजु मन्दिरमा क्षमापूजा गरिएको हो। कर्ताको रुपमा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ र उपप्रमुख प्रभा बोगटीले पुजा गरेका छन् । पूजामा नगरका जनप्रतिनिधिहरु, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, पुरातत्त्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, चीन सरकारका निर्माण प्रतिनिधि, सुरक्षाकर्मीलगायत स्थानीयको उपस्थिति रहेको थियो ।

भूकम्पले क्षतिग्रस्त नुवाकोटको दरबार र तलेजु मन्दिरसहित यस आसपासका धार्मिक एवम् पुरातात्त्विक सम्पदाको पुनर्निर्माण सुरु भएतापनि आज विधिवत रुपमा क्षमापूजा गरिएको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले बताए ।

पुर्ननिर्माणको लागि चिनियाँ पक्षको मागअनुसार दरबार क्षेत्रसम्म निर्माण सामग्री पुर्‍याउन सडक पहुँचमार्ग, नियमित र भरपर्दो विद्युत् प्रसारण लाइन, निर्माण सामग्री राख्ने स्थलका साथै पानीको प्रबन्ध मिलाइएको छ । भूकम्पले क्षति पुर्‍याएका संरचना पुनर्निर्माणमा सहयोग पुर्‍याउने कार्यक्रमअन्तर्गत नेपाल र चीन सरकारबीच नुवाकोटको साततले दरबारसहित त्यहाँको धार्मिक तथा पुरातात्त्विक महत्त्वका विभिन्न आठ वटा संरचनाको पुनर्निर्माण गर्ने समझदारी भएको थियो ।

सम्झौताअनुसार पहिलो चरणमा साततले दरबारसहित दरबार परिसरमा रहेको गारदघर र रङमहलको आवश्यकताका आधारमा पुनर्निर्माण तथा प्रबलीकरण गरिने चिनियाँ पक्षले जनाएको छ ।

२०७२ सालको भूकम्पले भत्काएका सम्पदाको पुनर्निर्माण गर्ने जिम्मेवारी चीन सरकारले लिएको थियो ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ