२३ मङ्सिर, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आधारभूत अस्पतालको नेतृत्व जनस्वास्थ्य अधिकृतले गर्नुपर्ने बताएका छन् । उनले आफू आधारभूत अस्पतालको नेतृत्व जनस्वास्थ्य अधिकृतले गर्नुपर्छ भन्ने पक्षमा रहेको प्रष्ट पारे ।
नेपाल जनस्वास्थ्य सङ्घ (नेफा)को आयोजनामा भएको ‘प्रथम राष्ट्रिय जनस्वास्थ्य दिवस’को उद्घाटन गर्दे उनले आधारभूत अस्पतालको प्रमुख जनस्वास्थ्य अधिकृतले गर्नुपर्छ भन्ने पक्षमा रहेको बताएका हुन् ।
मन्त्री पौडेलले ‘उपचारात्मक सेवा सन्तोषजनक रहेपनि देशमा बिरामीको संख्या बढ्दो रहेको बताए । उनले अबका दिनमा राज्यले उपचारमा खर्च गर्न नसक्ने अवस्था आउनसक्नेतर्फ संकेत गर्दै अब रोग लाग्न नदिनका लागि काम गर्नुपर्ने र त्यसको लागि जनस्वास्थ्य विषयमा अध्ययन गरेका व्यक्तिले मात्र सक्ने बताए ।
७५३ वटै स्थानीय तहमा आधारभूत अस्पताल चाहिने हो भने त्यो अस्पतालको प्रमुख जनस्वास्थ्य अधिकृत हुनुपर्छ भन्ने पक्षमा आफू रहेको उनको भनाई छ ।

प्रतिक्रिया