+
Search

ताजा अपडेट +

पपुलर +

विदुरका १३ उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान

13 women health volunteers of Bidur Municipality
डबली खबर
१ साल अगाडी

विदुर, मङ्सिर २० । नुवाकोटमा राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ । बिहिबार बट्टारमा आयोजित एक कार्यक्रमका बीच विदुर नगरपालिकाले १३ उत्कृष्ट जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको हो।

यस वर्ष “विविध स्वास्थ्य क्रियाकलापहरूमा महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविकाको भूमिका, स्वस्थ समाज निर्माणमा सहभागिता” भन्ने नाराका साथ दिवस सम्पन्न भएको हो।

हस्तकलाबाट निर्मित खादा लगाई प्रमाणपत्रसहितले सम्मान गर्दै नगरप्रमुख राजन श्रेष्ठले महिला स्वास्थ्य स्वयंसेविकालाई विनियोजित रकममा तीनै तहको सरकारले नीति, ऐनमा रहेर परिमार्जित गर्न प्रतिबद्धता जनाएका छन् । स्वयंसेवीभावबाट सेवारत स्वयंसेविका पहिलो डाक्टर हो । स्वास्य स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदान र भूमिका समाजमा अतुलनीय रहेको बताए।

सम्मानित हुनेमा निलम शाक्य अधिकारी, शोभा शाह, लक्ष्मी खड्का, चालना कुमाल, चमेली श्रेष्ठ, ज्ञानु राई, करिना नेपाल, नारायणी भण्डारी, तोरणकुमारी बोगटी, शान्ता तामाङ, पार्वती श्रेष्ठ, सिता नेपाल र उमा मल्ल रहेका छन् ।

वक्तृत्वकलामा प्रथम भएकी भवानी पाठकलाई पुरस्कार र प्रमाणपत्र प्रदान गर्दै नगरप्रमुख राजन श्रेष्ठ ।

यस्तै, स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा नगरका महिला स्वास्थ्य स्वयंसेविकाबीच आयोजित वक्तृत्वकलामा भवानी पाठक प्रथम, रिता ओझा द्वितीय र निता आचार्य तृतीय भएका छन् । विजेताले क्रमश: तीन हजार, दुई हजार र एक हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

वक्तृत्वकलामा नगरका शिक्षा शाखाका प्रमुख नवराज सापकोटाले निर्णायकको भूमिका खेलेका थिए ।

हाल विदुर नगरपालिकामा १५४ महिला स्वास्थ्य स्वयंसेविका सेवारत छन् । विशेषतः मातृ, नवजात शिशु तथा बाल स्वास्थ्य, प्रजनन् स्वास्थ्य, परिवार योजना, आदि विषयमा समुदायमा जनचेतना अभिबृद्धि र सेवा प्रवाह, स्वास्थ्य आमा समूहमा छलफलमार्फत जनस्वास्थ्य सम्बन्धी सुचना तथा सेवाहरुको पहुँचमा बृद्धि गराई मातृ, शिशु तथा बालबालिकामा रोग लाग्ने दर र तिनको मृत्युमा कमी ल्याउन उनीहरुले काम गर्दै आएका छन्।  

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ