+
Search

ताजा अपडेट +

पपुलर +

विदुरमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरू

Gender-based violence 16days
डबली खबर
१ साल अगाडी

नुवाकोट – लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको आजदेखि विदुर नगरपालिकामा पनि सुरु भएको छ।

आज एक कार्यक्रमका बीच विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको उद्घाटन गरेका हुन् ।

अभियानको अवसरमा नगरपालिकाभित्रका १३ वटै वडाहरुमा महिला स्वास्थ्य स्वयंसेविका, महिला सदस्य, विद्यालयमा अध्ययनरत बालबालिकालाई लैङ्गिक हिंसाविरुद्धको अभिमुखीकरण कार्यक्रम गरिने नगर उपप्रमुख प्रभा बोगटीले जानकारी दिईन् ।

लैङ्गिक हिंसा राहत कोषमार्फत हिंसामा परेका महिलाहरुले १० हजार रुपैँया अनुदान प्राप्त गरी बङ्गुरपालन, सिलाइ, बाख्रापालन जस्ता कार्य गर्दै आर्थिक उपार्जन र जिविकोपार्जन गर्दै आएको नगर उपप्रमुख बोगटीको कार्यपत्रमा छ ।

हिंसारहित समाज निर्माणको उद्देश्यसहित आज नोभेम्बर २५ देखि अभियान १० डिसेम्बरसम्म विश्वभर चल्छ । यस वर्ष नेपालमा ‘हामी सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ शुरू भएको छ ।

नेपालको मन्त्रिपरिषद् बैठकले २०७५ साल मङ्सिर २ गते हरेक वर्ष नोभम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको राष्ट्रिय अभियान सञ्चालन गर्ने र नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको राष्ट्रिय अभियान दिवसको रूपमा मनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ