+
Search

ताजा अपडेट +

पपुलर +

बालबालिका र प्रविधि अन्तरक्रिया

डबली खबर
१ साल अगाडी

नुवाकोट – लोकस पुल्चोक इन्जिनियरिङ क्याम्पसले बट्टारमा बालबालिका र प्रविधि अन्तरक्रिया कार्यक्रम गरेको छ।

आईतबार सुभेनियर बोर्डिङ स्कुलमा भएको कार्यक्रममा इन्टरनेट सेवा प्रदायक वर्डलिङ्कको सहकार्य रहेको थियो।

कार्यक्रमले विद्यार्थीमा सचेतना सिर्जना गर्न र बालबालिकाका लागि सुरक्षित, थप समृद्ध अनलाइन वातावरणमैत्री बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विद्यालयका प्रधानाध्यापक ताराबहादुर कार्कीले बताए ।

कार्यक्रममा विद्यार्थीलाई प्रविधि साधनको सदुपयोग गर्ने तरिका, साइबर अपराध, कम्प्युटर शिक्षालगायतका विषयमा जानकारी दिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ