नुवाकोट – व्यक्तिगत घर निर्माणकर्तालाई लक्षित गर्दै घोराही सिमेन्टले ‘ढलाइ मिक्स पीपीसी सिमेन्ट’ सार्वजनिक गरेको छ ।
व्यक्तिगत घर निर्माणकर्तालाई लक्षित यो सिमेन्टले प्रारम्भिक मजबुती, उच्च टिकाउपन, र छिटो सेट हुने समयजस्ता विशेषतासहित घरका बिम, स्ल्याब, जग, र पिल्लरको निर्माणलाई सुरक्षित र भरपर्दो बनाउने लक्ष्यसहित नयाँ उत्पादन गरिएको कम्पनीले जनाएको छ ।
अनुसन्धान र उच्च प्रविधिबाट उत्पादित यस सिमेन्टले ओपिसी सिमेन्टको मजबुती प्रदान गर्दै मूल्यमा करिब १० प्रतिशत सस्तो दरमा उपलब्ध गराउने जनाएको छ । गुणस्तरमा सम्झौता नगरी आर्थिक रूपले सस्तो निर्माण सामग्री चाहने घर निर्माणकर्ताको मागलाई सम्बोधन गर्न यो उत्पादन ल्याइएको हो।
सन् २००९ मा स्थापना भएको घोराही सिमेन्ट इन्डस्ट्रीले सगरमाथा ब्रान्डका विभिन्न सिमेन्ट र क्लिन्कर उत्पादन गर्दै नेपाली निर्माण क्षेत्रमा बलियो पहिचान बनाएको छ।
‘ढलाइ मिक्स पीपीसी सिमेन्ट’मार्फत कम्पनीले नवप्रवर्तन र दिगो निर्माण अभ्यासलाई थप मजबुत बनाउने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया