+
Search

ताजा अपडेट +

पपुलर +

त्रिशूलीमा मनाइयो ‘छठ पर्व’

deputy mayor prabha bogati celebrated chhath parva 2081 in Nuwakot
डबली खबर
१ साल अगाडी

त्रिशूली – पहाडी जिल्ला नुवाकोटको त्रिशूलीमा छठ पर्व मनाइएको छ । नुवाकोटमा बसोबास गर्ने तराइबासी नेपाली र भारतीय नागरिकले उदाउँदो सूर्यलाई अर्घ दिएसँगै यस वर्षको छठ पर्व मनाएका छन् ।

प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वले धार्मिक र सामाजिक सद्भावको सन्देश दिएको छ।

विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटीले पनि उक्त समुदायका मनिससँग विदुर नगरपालिका–१ त्रिशूली नदी किनारमा गएर छठ पुजा गरेकी छिन्।

नुहाइ धुवाई शुद्ध वस्त्र लगाएर व्रत बस्ने गरिएको त्रिशूलीमा व्यवसाय गर्दै आएका मनिष शाहले बताए। नाङ्लो, कनसुप्ती, ढकना, सरबालगायतका प्रसाद लिएर नदी किनारमा उभिएका उनीहरुले सूर्यलाई अर्घ्य चढाएका थिए। उनीहरुले ठकुआ, भुसवा, केरा, नरिवल, उखु, सुन्तला, कागती, फर्सी, सिंगारा, पान, सुपारी, धूप, दीप, अरतक, पात, चना आदीको प्रसाद बनाएर चढाएका थिए।

अहिले जिल्लाका त्रिशूली नदी किनाराको त्रिशूली, देवीघाट, बेत्रावती तथा तादीको ढिकुरेमासमेत छठ पर्व मनाउन थालिएको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ