sujim bazar dashain tihar bumper offer

नुवाकोटमा पर्ल्स अनुगमन तालिम

डबली खबर     कार्तिक १२, २०८१

sizen education study in Japan
ananda Jewellery shop

pearls monitoring training in nuwakot
bidur tax consultancy services in nuwakot
Bidur municipality dengue awareness 2081

नुवाकोट – संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय बागमती प्रदेशको आयोजनामा पर्ल्स अनुगमन प्रणाली तालिम भएको छ ।

विदुरमा कार्तिक ९ गते देखि ११ गतेसम्म भएको तालिममा विभिन्न सहकारीका २५ जना कर्मचारीहरुको सहभागीता रहेको मन्त्रालयका उपसचिव सुरेश आचार्यले जानकारी दिए ।

कार्यक्रममा नुवाकोट जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष नारायण श्रेष्ठले तालिमले प्रारम्भिक सहकारी संस्थाका कर्मचारीहरुको क्षमता विकास र सिकाई प्राप्त गर्ने धारणा राखेका थिए । संस्थाको वित्तीय स्वास्थ्य स्वस्थ रहनका लागि कम्तीमा १४ वटा वित्तीय सूचकहरु पालना गर्न तालिमले सघाउ पुग्ने उनले बताए । उनले संस्थागत सुशासन र वित्तीय अनुशासनसहित सदस्यको विश्वास जित्न पर्ल्सको पालना गर्नुपर्नेमा जोड दिए ।

जिल्ला सहकारी संघ नुवाकोट र नुवाकोट जिल्ला वचत तथा ऋण सहकारी संघको समन्वयमा भएको तालिममा दीर्घराज सापकोटाले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top