+
Search

ताजा अपडेट +

पपुलर +

लायन सहकारीको सम्पत्ती २१.५२ प्रतिशतले वृद्धि

डबली खबर
१ साल अगाडी

बट्टार – लायन बचत तथा ऋण सहकारी संस्थाले १७औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठको सभापतित्व एवं विदुर नगरपालिकाका प्रमुख राज श्रेष्ठको प्रमुख आतिथ्यता थियो ।

शनिबार भएको कार्यक्रममा सहकारीका अध्यक्ष श्रेष्ठ, कोषाध्यक्ष लक्ष्मण श्रेष्ठ र लेखा सुपरीबेक्षण समितिको संयोजक राजु अधिकारीले पेश गरेको प्रतिवेदन पारित गरेको छ ।

कार्यक्रममा विभिन्न विधामा आफ्ना सदस्यहरुलाई सम्मान गरेको छ । साथै एसइईमा उत्तिर्ण मध्ये उत्कृष्ट सेयर सदस्यका छोराछोरीहरुलाई सम्मान गरेको छ ।

यस्तो छ वित्तीय अवस्था
आर्थिक वर्ष २०८०/८१को असार मसान्तसम्म संस्थाको सेयर पुँजी ३ करोड ३५ लाख, बचत संकलन १७ करोड ५० लाख, लगानी १५ करोड, जोखिम बहन कोष २४ लाख ४९ हजार ८७६ रहेको छ । सहकारीको कुल सम्पत्ति गत आवभन्दा २१.५२ प्रतिशतले बढेर २० करोड २ लाख १० हजार ५४९ रुपैयाँ पुगेको छ ।

संस्थाले २ करोड १ लाख ५० हजार कूल आम्दानी गरी १ करोड ७४ लाख ७५ हजार खर्च गरेको छ । त्यस्तै संस्थाले २६ लाख ७५ हजार रुपैयाँ खु्द नाफा गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ