sujim advert

नुवाकोट सम्पदाको थ्रिडि अभिलेखीकरण गरिने

डबली खबर     कार्तिक १०, २०८१

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

3D documentation of Nuwakot heritage started
bidur tax consultancy services in nuwakot

इन्द्रचोक – विदुर नगरपालिकाले नुवाकोट सम्पदा क्षेत्रको थ्रिडि अभिलेखीकरण गर्ने भएको छ ।

जर्मनको हेडलबर्ग विश्वविद्यालयको प्राविधिक सहयोगमा नगरपालिकाले धार्मिक सांस्कृतिक तथा पुरातात्विक सम्पदाहरूको जीर्णद्वार तथा पुननिर्माणको क्रममा मौलिकपन कायम राख्नको लागि थ्रिडि अभिलेखीकरण गरिन लागिएको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए । प्रथम चरण परीक्षण खण्डमा वडा नम्बर २ नुवाकोट दरबार क्षेत्रका परम्परागत मौलिक हिटी (धारा) र मन्दिरहरुको थ्रिडि अभिलेखीकरण गरिने नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए । ऐतिहासिक तथा सांस्कृतिक सम्पदालाई डिजिटल संरक्षण गर्दा भवितव्य प्राकृतिक तथा मानवीय क्षतिबाट हुने असरपछि पुर्ननिर्माणमा पहिचानलाई जीवन्त राख्न महत्वपूर्ण योगदान पुग्ने नगरप्रमुख श्रेष्ठले बताए ।

नेपाल सम्पदा अभिलेखीकरण परियोजनाको समन्वयमा धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनका लागि थ्रिडि अभिलेखीकरण गरिन लागिएको नुवाकोट दरबार हेरचाह तथा संरक्षण कार्यालय प्रमुख सुनिल पाण्डेले जानकारी दिए ।

अभिलेखीकरण विश्वविद्यालयका र परियोजना संस्थाका सात जना प्राविधिकहरुको टोलीले कार्य गरिरहेको छ।

परियोजना संस्थाले नुवाकोट सम्पदाको श्रव्यदृश्यसहितको अभिलेखीकरण गरिने कार्यलाई पनि निरन्तता दिईरहेको छ ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top