sujim advert

तिहार तथा छठ क्यासब्याक अफर

डबली खबर     कार्तिक ७, २०८१

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

Tihar-ra-Chhat-Parva-Utsav
bidur tax consultancy services in nuwakot

काठमाडौं – कुमारी बैंकले नजिकिँदै गरेको तिहार तथा छठ पर्वका अवसरहरुमा आफ्ना सेवाग्राहीहरुलाई शुभकामना स्वरुप तिहार तथा छठ क्यासब्याक अफर सञ्चालनमा ल्याएको छ ।

कार्तिक १४ देखि कार्तिक २२ गते छठ पर्व सम्मको ९ दिनका लागि तिहार तथा छठ क्यासब्याक अफर सञ्चालन गरिएको हो । भाई टिका तथा किजा पूजाकोे दिनमा मोबाईल बैकिङ्गबाट रकम ट्रान्सफर गर्ने पहिलो १००० सेवाग्राहीहरुलाई ट्रान्सफर गरिएको रकमको २५ प्रतिशत वा अधिकतम रु. ५० क्यासब्याक प्रदान गरिने छ भने अन्य ८ दिन कुमारी बैंकका सेवाग्राहीहरुले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाईल बैंकिङमार्फत बस्तु तथा सेवा खरिद बापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता तथा ५० मोबाईल बैंकिङ प्रयोगकर्ताले खरिद मुल्यको २५ प्रतिशत वा अधिकतम रु. ५०१ बराबरको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

लाभान्वित सेवाग्राहीको संख्या बढाउन विहान ८ बजे देखि बेलुका ११ः५९ बजे सम्ममा सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीहरुलाई नदोहोरिने गरि क्यासब्याक उपलब्ध गराउने व्यवस्था समेत गरिएको छ । यसप्रकारको प्रोत्साहनले सेवाग्राहीहरुमा चाडबाडहरुमा हुने वित्तिय कारोबारहरु विद्युतिय भुक्तानीका माध्यमहरुबाट गर्न आकर्षित गरि डिजिटल अर्थव्यवस्था विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिंदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१९ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top