+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा ‘१२ गाउँ’

jagadamba cinema ghar 12gaun nepali movie
डबली खबर
१ साल अगाडी

विदुर – नुवाकोट जिल्लाको एक मात्र चलचित्र घर जगदम्बा चलचित्र मन्दिर बट्टारमा कार्तिक २ गते (आज)देखि ‘१२ गाउँ’ प्रदर्शनमा आएको छ।

विगतमा प्राविधिक कारण चलचित्र प्रदर्शन हुन नसकेकोमा अहिले चलचित्र घर सञ्चालनमा आएको चलचित्र सञ्चालक राजेशकुमार श्रेष्ठले जानकारी दिए।

विराज भट्टको लेखन तथा निर्देशन रहेको ‘१२ गाउँ’मा समीर भट्टले डेब्यु गरेका छन् । समीर बिराजका छोरा हुन् । समीरसँगै बिराज मुख्य भूमिकामा छन् ।

चलचित्रमा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, सुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहनेछ ।

नयाँ व्यवस्थापनासहित चलचित्र घर दसैँदेखि सञ्चालनमा आएको हो ।

चलचित्र घरमा दैनिक चारवटा शो हेर्न सकिने छ।

यसअघि चलचित्र घरमा ‘छक्कापञ्जा ५’ प्रदर्शनमा रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ