+
Search

ताजा अपडेट +

पपुलर +

सडक दुर्घटनामा उद्दार सम्बन्धि कृत्रिम घटना अभ्यास

Trishuli Hospital Road accident rescue practice in Nuwakot
डबली खबर
१ साल अगाडी

नुवाकोट – त्रिशूली अस्पतालले कृत्रिम घटना अभ्यासको आकस्मिक उपचार कार्य प्रदर्शन गरेको छ ।

जिल्लामा रहेका सुरक्षा निकाय, विद्यार्थी, स्वास्थ्यकर्मी तथा पत्रकारको सहभागितामा सडक दुर्घटना हुँदा गरिने उद्दार कार्य र तीव्र उपचार विधि लगायतका विषयमा अस्पतालले विपत् व्यवस्थापनको लागि प्रतिकार्य अभ्यासको प्रदर्शन गरेको थियो । 

कृत्रिम घटना अभ्यासमा सवारी दुर्घटनामा परि सडकबाट करिब १०० मिटर पुगेको बसमा सवार घाइतेलाई स्वास्थ्यकर्मी, प्रहरी, स्थानीयले उद्दार गर्दा गरिने कार्यहरुलाई क्रमिक रुपमा प्रदर्शन गरिएको अस्पतालका निर्देशक डा. राजेन्द्र लामाले जानकारी दिए ।

अस्पतालको वार्षिक कार्य योजनाअन्तर्गत अस्पतालमा भएका मानव जनशक्ति र स्रोतसाधनको उपलब्धताको साथै आपतकालीन अवस्थामा विभिन्न विभागीय चिकित्सक, कर्मचारी र एम्बुलेन्सकर्मीहरुको भूमिकाबारे पुनर्ताजगी गराएको डा. लामाले बताए ।

अभ्यास कार्यमा ११ जना घाईते भएकोमा एक जना सख्त घाईते भएका बिरामीलाई थप उपचारको लागि काठमाडाैँ पठाईएको थियो।

यसअघि अस्पतालले असोज ९ गते आपतकालीन आगलागी व्यवस्थापनसम्बन्धि अभिमुखीकरण कार्यक्रम गरेको थियो ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ