+
Search

ताजा अपडेट +

पपुलर +

त्रिशूलीमा नवरात्री भजन सुरु

nauratha newari bhajan
डबली खबर
१ साल अगाडी

नुवाकोट – माेहनी नखः (दसैँ)को अवसरमा विदुर नगरपालिकाको त्रिशूलीमा नवरात्री भजन बिहिबारदेखि सुरु भएको छ ।

नेवार समुदायको मौलिक पर्व मोहनी नखः वर्षभरि मनाइने थुप्रै चाडपर्वमा मध्ये एक हो ।

स्थानीय नेवार समुदायले नवरात्रभर हरेक दिन साँझ स्थानीय मठमन्दिरमा भजन गाउने स्थानीय आनन्द शाक्यले बताए । भजनमा देवी शक्ति लगायत नेवारी परम्परागत भजन प्रस्तुत हुने उनले जानकारी दिए ।

भजनपछि प्रसादको रुपमा समय् बजी खाने चलन रहेको स्थानीय नारायण श्रेष्ठले जानकारी दिए ।

नेवार संस्कृतिको संरक्षणमा पछिल्लो पुस्ताको सक्रियतामा त्रिशूलीमा परम्परा जीवित रहेको पाइन्छ ।

कला र संस्कृतिका धनी नेवार समुदायले कौलाथ्व प्रतिपदादेखि आफ्नो मौलिक चाड मोहनी नखः यसरी विशेष उल्लासका साथ मनाउँछ । विशेष मन्त्रोच्चारणका साथ घरघरमा नला स्वाँ (जमरा) रोपिएपछि विधिवत् रुपमा मोहनी शुरु हुन्छ । यसलाई नेपाल भाषामा नःला स्वनेगु (जमरा राख्ने काम) भनिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ