+
Search

ताजा अपडेट +

पपुलर +

माइक्रोबस दुर्घटनामा दुई जना गम्भिर घाईते

microbus accident in shivapuri bohore khola
डबली खबर
१ साल अगाडी

नुवाकोट – टोखा-छहरे सडक खण्डको शिवपुरीमा माइक्रोबस दुर्घटना हुदाँ दुई सख्त घाईते भएको छ ।

काठमाण्डौबाट टोखा-छहरे सडक हुँदै लमजुङतर्फ जाँदै गरेको माईक्रोबस शिवपुरी गाउँपालिका-८ बोहोरेखोला सडकबाट अन्दाजी ३० मिटर तल खस्दा दुई जना गम्भीर घाईते र अन्य १० जना सामान्य घाईते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाले जानकारी दिए ।

चालकसहित १८ जना सवार ग १ ख ४५३५ नम्बरको माईक्रोबसमा पुरुष ८ जना र महिला ४ जना गरी १२ जना घाईते भएका थिए । बसमा सवार सबै जना घाईते भएको उनले जानकारी दिए। सख्त घाईतेहरुलाई उपचारको लागि काठमाडाैँ लगिएको प्रहरीले जनाएको छ ।

माइक्रोबस तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ।

नागढुङ्गामुनि झ्याप्लेखोलामा पहिरो गएपछि सडक अवरुद्ध भएकाले त्यो बाटोको विकल्पको रुपमा टोखा-छहरेको गँगटे हुँदै गल्छी जान लागेको हो।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ