+
Search

ताजा अपडेट +

पपुलर +

महिला सङ्घको अध्यक्षमा आचार्य

sarita acharya nepali congress
डबली खबर
१ साल अगाडी

नुवाकोट – नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला सङ्घ नुवाकोटको अध्यक्षमा सरिता आचार्यलाई मनोनयन गरिएको छ ।

महिला सङ्घकी केन्द्रीय अध्यक्ष उषा रावत मिश्रले नुवाकोटको अध्यक्षमा आचार्यलाई मनोनयन गरेको हो ।

लामो समयदेखि सङ्घको अधिवेशन हुन सकेको छैन । सङ्घको रिक्त अध्यक्षमा आचार्यलाई मनोनयन गरिएको हो ।

मनोनायन पत्रमा भनिएको छ “अध्यक्ष मिश्रले देशभरका लोकतन्त्रवादी महिलाहरुको साझा संस्था नेपाल महिला संघलाई थप सुदृढिकरण गर्न तपाईको नेतृत्वदायी भूमिका रहने छ।”

राजनीतिमा सक्रिय ककनी गाउँपालिका-३ चाउथेकी आचार्य नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत हुन् । उनले गत स्थानीय निर्वाचनमा कांग्रेसबाट उपाध्यक्षमा उम्मेदवारी दिएकी थिईन् ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ