Tuberculosis free AI checkup camp in Bidur Nuwakot
sujim advert

त्रिशूली अस्पताललाई सामाग्री सहयोग

डबली खबर     अशोज ८, २०८१

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax handover wheelchair and medicine trolly to trishuli hospital
bidur tax consultancy services in nuwakot

नुवाकोट – विदुर कर परामर्श सेवाले आफ्नो १३औं वार्षिकोत्सवको अवसरमा त्रिशूली अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ।

आईतबार एक कार्यक्रमकाबीच विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले विदुर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष बद्री रिमाल, नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठ, नुवाकोट नागरिक समाजका अध्यक्ष बद्रीप्रसाद त्रिपाठीलगायतको उपस्थितिमा अस्पतालका निर्देशक डा. राजेन्द्र लामालाई एक थान ह्विलचेयर र दुई थान मेडिसिन ट्रली हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा विदुर नगरपालिकाका नगरप्रमुख श्रेष्ठले उक्त सामाग्रीले बिरामीको उपचारमा सघाउ पुग्ने बताए ।

संस्थाले नुवाकोट, रसुवा र धादिङका सेवाग्राहीहरुलाई कर/भ्याट सम्बधि  शैक्षिक परामर्श, तालिम, गोष्ठी लगायतका कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको संस्थाका निर्देशक दिनेशकुमार श्रेष्ठले बताए ।

संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत सांस्कृतिक, खेलकुद, शिक्षा लगायतका क्षेत्रमा सहयोग गर्दै आईरहेको छ ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top