नुवाकोट – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सुर्यगढीको अध्यक्षमा रामकृष्ण अधिकारी निर्वाचित भएका छन् ।
दोस्रो अधिवेशनबाट अनेरास्ववियु सुर्यगढ़ीमाअधिकारीको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गरिएको छ ।
उपाध्यक्षमा आयस तामाङ, सचिवमा नवीन तामाङ, कोषाध्यक्षमा रिमिक्स तामाङ, सहसचिवमा द्वय मनिषा सुनार र सलिना तामाङ चयन भएका छन्।
निर्वाचित पदाधिकारी र सदस्यहरुलाई नेकपा (एमाले) का जिल्ला अध्यक्ष एवं पूर्वमन्त्री बद्री मैनाली, बागमती प्रदेश कमिटी सदस्य प्रल्हाद प्याकुरेल र युवानेता शुसिलकुमार खड्काले प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया