sujim bazar dashain tihar bumper offer

नेवार समुदायले मनाए समय् बजी पर्व

डबली खबर     अशोज १, २०८१

sizen education study in Japan
ananda Jewellery shop

samay baji trishuli nuwakot
bidur tax consultancy services in nuwakot
Bidur municipality dengue awareness 2081

नुवाकोट – त्रिशूलीमा नेवार समुदायले समयबजी (समय् बजी) पर्व मनाएको छ । मङ्गलबार विदुर नगरपालिका–१ त्रिशूली बजारस्थित गणेश मन्दिर परिसरमा समय् बजी पर्व मनाइएको हो ।

नेवार समुदायको मौलिक पर्व समय् बजी यन्हा पुन्हि (ईन्द्र जात्रा)को अवसरमा भजन कृतन गरी प्रसादको रुपमा समयबजी वितरण गरिएको स्थानीय केशबहादुर श्रेष्ठले बताए । ईन्द्र जात्राको अवसरमा समयबजी मागी खाने चलन छ । त्यसै, गणेश मन्दिर संरक्षणा समितिले समयबजी पर्व मनाउनेलाई निरन्तरता दिएको उनले बताए ।

प्रत्येक घरबाट समय् बजीको लागि आवश्यक सामाग्री ल्याईन्छ । बजारको शिर र मध्यभागमा रहेको सबैभन्दा पुरानो गणेश मन्दिरको सम्मुखमा समय् बजीको सामाग्रीलाई कलात्मक रुपमा स्तुप शैलीमा सजाएर राखिन्छ ।

यस पर्वका अवसरमा गणेशलाई नेवार समुदायले एक मुरी चिउरासहितकाे समय् बजी चढाउने चलन छ।

जाडो मौसमको सुरुवातका रुपमा मनाइने समय् बजीमा धीमे बाजा र लाखे नाचसहित पर्व मनाएको छ ।

shivam cement 2081 dashain
bagamati gabion box in Nuwakot

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top