sujim advert

दलित पत्रकारको अध्यक्षमा राजकुमार

डबली खबर     अशोज १, २०८१

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

dalit patrakar nuwakot
bidur tax consultancy services in nuwakot

विदुर – राष्ट्रिय दलित पत्रकार सङ्घ नुवाकोटको अध्यक्षमा राजकुमार नेपाली सर्वसम्मत चयन भएका छन् ।

मङ्गलबार भएको सङ्घको दोस्रो अधिवेशनबाट नेपालीको संयोजकत्वमा आठ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।

सङ्घको उपाध्यक्षमा गोपिनी परियार, सचिवमा पार्वती विक, कोषाध्यक्षमा सङ्गम मिराज र सहसचिवमा तारादेवी मिराज रहेका छन् ।

सदस्यहरुमा सरु बर्देवा, सलिना बर्देवा र सन्ध्या बर्देवालाई चयन गरिएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश समितिका अध्यक्ष शिवप्रसाद देवकोटाले समाज दलित र गैरदलित नरहिरहेको अवस्थामा जातीय संस्थाले समुदायलाई नै पछि पार्नुरहेको धारणा राखेका छन् ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top