+
Search

ताजा अपडेट +

पपुलर +

‘मिस नुवाकोट २०२४’ को ताज एन्जिलालाई

miss nuwakot winner anjila tamang dabali khabar yesubc
डबली खबर
१ साल अगाडी

विदुर – एनआरडी इन्टरटेन्मेन्टद्वारा आयोजित ‘मिस नुवाकोट २०२४’ को ताज एन्जिला तामाङले पहिरेकी छिन् ।

शुक्रबार साँझ सम्पन्न फिनेलेबाट अन्तिम छ जना प्रतिस्पर्धीलाई पछि पार्दै एन्जिलाले ताज पहिरेकी हुन् । एन्जिलाले प्रतियोगितामा ‘मिस ट्यालेन्ट’, ‘मिस पपुलारिटी’ र ‘भ्युअर च्वाइस’को उपाधी समेत प्राप्त गरेकी छिन्।

प्रतियोगितामा मनिका मोक्तान दोस्रो, दीक्षा लामा तृतीय र देविका डङ्गोल चौथो भएकी छिन् ।

यस्तै, मिसेस नुवाकोटको उपाधी कुसुम लामाले जितेकी छिन् । उपविजेता रश्मि तामाङ भएकी छिन् ।

मिस इन्डिजिनियस नेपाल २०२१ का विजेता तथा एनआरडीका अध्यक्ष नम्रता लामाले विजेता एन्जिला र लाई ताज पहिर्‍याएका थिए ।

प्रतियोगिताको निर्णायकका रूपमा मिलन लामा, स्मृति तामाङ, आकृति लामा, राधा थाेकर, छेसाङ तामाङ र सिता लामा रहेका थिए ।

विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले समग्र जिल्लाका संस्कृति, पर्यटन प्रबर्द्धनमा विजेताहरुको जिम्मेवारीमा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । स्थानीय सरकारले पर्यटन प्रबर्द्धनबाट नागरिकको प्रत्यक्ष आयआर्जनमा जोड्न महिला सशक्तिकरण कार्यक्रमका माध्यमबाट टेवा पुग्ने उनले बताए ।

प्रतियोगितामा १४ जना सुन्दरीहरुले सहभागीता जनाएका थिए ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ