नुवाकोट – बाल दिवसको अवसरमा विदुरमा त्रिशूली अस्पतालले निःशुल्क बाल स्वास्थ्य शिविर गरेको छ ।
बिहिबार अस्पतालका विशेषज्ञसहितको टोलीले बाल आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्य जाँच गरेको छ ।
शिविरमा बालबालिकाको निःशुल्क स्वास्थ्य जाँच एवम् दाँतको स्क्रिनिङ्ग सेवा प्रवाह गरिएको अस्पतालका निमित्त अस्पताल प्रमुख राजेन्द्र लामाले जानकारी दिए ।
शिविरमा विद्यालयका २५ जना विद्यार्थीहरुको जाँच गरिएको विद्यालयका प्रधानाध्यापक गणेश पाण्डेले जानकारी दिए ।
बिरामी पत्ता लागेका बालबालिकाहरूलाई चिकित्सकको पूर्जिअनुसार निःशुल्क औषधि प्रदान गरिएको छ ।

प्रतिक्रिया