विदुर – बागलुङ उद्योग वाणिज्य सङ्घद्वारा चारदिने अध्ययन अवलोकन भ्रमणको शिलसिलामा नुवाकोट आईपुगेको छ ।
बागलुङ सङ्घका पदाधिकारी र सदस्य समुहलाई नुवाकोट उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीले स्वागत गरेका थिए ।
नेपालका विभिन्न जिल्ला/नगर उद्योग वाणिज्य सङ्घ/महसङ्घका साथै जिल्ला नगर उद्योग वाणिज्य सङ्घ तथा कोसेली घर अध्ययन अवलोकन भ्रमणको क्रममा नुवाकोट आईपुगेको बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेलले बताए । अध्यक्ष कँडेलसहित पदाधिकारी र सदस्यहरुको समुहले भाद्र २३ गते रसुवादेखि भाद्र २६ गतेसम्म कास्कीका उद्योग वाणिज्य सङ्घलगायत कोशेली घर अध्ययन अवलोकन भ्रमण गर्ने जानकारी दिए ।
कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष उप्रेतीले अन्तरजिल्ला सम्बन्ध स्थापना गर्न भ्रमणले टेवा पुर्याउने बताए । सङ्घ, इलम प्रशिक्षण केन्द्र र नुवाकोट महोत्सवको गतिविधिबारे जानकारी गरानुको साथै समग्र जिल्लाको परिचय, पर्यटन र आर्थिक गतिविधिको लागि हाम्रो नुवाकोट ब्रुसर प्रकाशन गरिएको बारे उनले जानकारी दिए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य ताराबहादुर कार्की र नुवाकोट उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष शरणउत्सुक सापकोटाले जिल्लाका आर्थिक गतिविधि, अवसर र चुनौतीबारे मन्तव्य राखेका थिए ।
भ्रमण समुह आज ललितपुर र काठमाडाैंका उद्योग वाणिज्य सङ्घको भ्रमण गर्ने जनाएको छ।
प्रतिक्रिया