काठमाडौं – नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा) अटो शो आजदेखि शुरु हुँदैछ । १६ औं संस्करणको नाडा शोको काठमाडौंको भृकुटीमण्डपको प्रदर्शनी मैदानमा भदौ १६ गतेसम्म सञ्चालन हुनेछ ।
प्रदर्शनीमा करिब २१ करोड खर्च भएको नाडा मेला व्यवस्थापकले जनाएको छ ।
प्रदर्शनीमा २४ चार पाङ्ग्रे ब्राण्ड, १९ दुई पाङ्ग्रे ब्राण्ड र १२ व्यवसायिक सवारी साधनका ब्राण्डहरु प्रदर्शन गरिने छ । नाडा शोमा अधिकाश विद्युतीय सवारी साधनहरु रहने नाडाले बताएको छ ।
आयोजकले नेपालको अटोमोबाइल क्षेत्रलाई प्रभावित गरेको हालको आर्थिक मन्दीको समयमा नाडा अटो शो २०२४ले उद्योगलाई पुनर्जीवित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको जनाएको छ । राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेल्ने अटोमोबाइल व्यवसाय समुदायको मनोबललाई पनि उचाल्ने विश्वास आयोजकको छ ।
अग्रिम टिकट खरिदकर्ताहरूले अगस्ट २६ सम्मको टिकट खरिदमा २० प्रतिशत क्यासब्याक लाभ उठाउन सक्नेछन् । शोमा करिब ७५ हजार आगन्तुकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया