विदुर – बागमती प्रदेश सरकारले गाईजात्रा पर्वको अवसरमा भदौ ४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
शुक्रबारको प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले नेवार समुदायले एतिहासिक तथा धार्मिकरूपमा मनाइने गाईजात्रा पर्वका अवसरमा आगामी मंगलबार बिदा दिने निर्णय गरेको हो ।
यसैबीच जनैपूर्णिमा पर्वको अवसरमा यही भदौ ३ गते सोमबार संघीय सरकारले देशैभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

प्रतिक्रिया