sujim advert

आइएमई थप मजबुद

डबली खबर     साउन ३०, २०८१

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

ime remit gme merged
bidur tax consultancy services in nuwakot
Bidur municipality dengue awareness 2081

काठमाडौं – आज बुधबारदेखि दुई ठुला रेमिट्यान्स कम्पनी आइएमई र जीएमईबीच संयुक्त कारोबार सुरु भएको छ । नेपालको पहिलो रेमिट कम्पनीका रुपमा स्थापित आइएमई रेमिट्यान्सले जीएमई रेमिट्यान्सलाई प्राप्ति गर्दै आजैदेखि संयुक्त कारोबार सुरु भएको हो । आइएमईले जीएमई रेमिटलाई प्राप्ति गरेपछि आइएमई लिमिटेडको नामबाट कारोबार सुरु भएको हो ।

प्राप्तिपछिको एकीकृत कारोबारको उद्घाटन् बुधबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले गरेका हुन् ।

कारोबार रकमका आधारमा आईएमई पहिलो र जीएमई तेस्रो ठूला कम्पनी हुन् । मर्जपछि कम्पनीको कारोबार वार्षिक साढे ३ खर्ब रुपैयाँभन्दा बढी हुनेछ । मर्जपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ हुने छ । हाल आईएमईको पुँजी ९० करोड र जीएमईको पुँजी २५ करोड रुपैयाँ छ ।

दुबै कम्पनीको गत जेठमा भएको साधारणसभाले एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धि प्रस्ताव पारित गरेका थिए । आईएमईको अध्यक्ष चन्द्रप्रसाद ढकाल छन् । हाल आइएमईको चुक्ता पुँजी ९० करोड र जिएमईको २५ करोड रहेको छ । मर्जपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब १५ करोड कायम हुनेछ ।

यी दुवै कम्पनी नेपालको रेमिट्यान्स क्षेत्रको सबैभन्दा ठुला कम्पनी हुन् । विश्वका १९० बढी देशमा फैलिएको आइएमई २०५८ जेठ ३० गते स्थापना भएको थियो । नेपालमा सबैभन्दा धेरै मुलुकहरुबाट धेरै रेमिट्यान्स भित्र्याउने आइएमईले सन् २००१ मा आफ्नो पहिलो सेवा मलेशियाबाट शुभारम्भ गरेको थियो । नेपालीहरुले अन्तर्राष्ट्रिय बजारमा आर्जन गरेको पैसा नेपालमा रहेका आफन्तलाई पठाउने सजिलो र विश्वसनीय कम्पनी बनेको छ। रेमिट्यान्स क्षेत्रमा यो नेपालकै पहिलो मर्जर हो ।


nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top