sujim bazar advert

नेपाल लाइफ इन्स्योरेन्सको नाफा ५१ करोड ३९ लाख

डबली खबर     साउन २९, २०८१

Sizen Education Consultancy Pvt. Ltd.

NepalLife Logo
Big Education Consultancy Nuwakot
global ime bank flash loan

काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा ५१ करोड ३९ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा ३९ करोड २९ लाख १५ हजार रुपैयाँ नाफा कमाएको कम्पनीले पछिल्लो वर्ष ३०.८१ प्रतिशतले नाफा वृद्धि गरेको हो ।

कम्पनीको कर्जा लगानीबाट राम्रो आम्दानी हुँदा नाफामा वृद्धि भएको जनाएको छ । कम्पनीको वित्तीय रिपोर्ट अनुसार समीक्षा वर्षमा ब्याज आम्दानी १८.९७ प्रतिशत बढेर १५ अर्ब २० करोड ३० लाख रुपैयाँ पुगेको छ ।

आर्थिक वर्ष २०८०/८१ को कम्पनीको खुद बीमा शुल्क आर्जन ९.८६ प्रतिशतले बढेर ४० अर्ब ११ करोड २ लाख रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको बीमा कोषको आकार बढेर १ खर्ब ९८ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ ।

आर्थिक वर्षको अन्तसम्ममा कम्पनीको चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख रुपैयाँ रहेकोमा यसको रिटेन्ड अर्निङमा ५२ करोड ८४ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ २६ पैसा र प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ११ पैसा रहेको छ ।

bidur tax consultancy services in nuwakot

maan bina ko dhaan Nepali Movie

ताजा अपडेट

प्रतिक्रिया

Top