+
Search

ताजा अपडेट +

पपुलर +

हास्यव्यङ्ग्य निबन्ध संग्रह ‘चौध मगज’ बजारमा

डबली खबर
१ साल अगाडी

नुवाकोट – रसुवा जिल्ला उत्तरगया गाउँपालिका-५ उपल्लोपौवाका दिपक घिमिरेको हास्यव्याङ्ग्य निबन्ध संग्रह बजारमा आएको छ ।

उनले ‘चौध मगज’ नाम गरेको हास्यव्याङ्ग्य निबन्ध संग्रह बजारमा ल्याएका हुन् । १४ वटा निबन्धहरु संग्रहित उक्त पुस्तकमा समाज, मानिसको चेतना, आधुनिकताबाद, सम्बन्ध, सरकार र मानिसको भ्रम र सामाजिक अवस्थामाथि व्यङ्ग्यात्मक प्रहार गरिएको छ ।

अक्षरधाम प्रकाशन प्रालिले उक्त निबन्ध संग्रह ‘चौध मगज’ प्रकाशित गरेको हो ।

उनको यो ‘चौध मगज’ पहिलो पुस्तकाकारकृति हो ।

निजामति सेवामा कार्यरत घिमिरेका कविता, कथा, लेख, निबन्ध लगायतका रचना विभिन्न पत्रपत्रिका तथा अनलाइमा प्रकाशित भइसकेका छन् ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ