विदुर – प्रतिबन्धित लागुऔषध लागुऔषधसहित विदुर नगरपालिकाका एक युवा पक्राउ परेका छन् ।
जिल्लाकाे विदुर नगरपालिका वडा नं. ४ बट्टार बसपार्कस्थित सडक-खण्डमा प्रहरी टोलीले शंकास्पद अवस्थामा हिडिरहेको बेलामा सोहि नगरपालिकाका ५ नम्बर वडा गङ्गटे बस्ने ३१ वर्षीय कृष्णप्रसाद पाण्डेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी तीलक भारतीले जानकारी दिए ।
अभियुक्त पाण्डेको शरीर खानतलासी गर्दा डायजेपाम, नूफिन र फेनेर्गन गरी ३६ एम्पुल फेला पारिएको प्रहरीले बताएको छ ।
पक्राउ परेका पाण्डेलाई नुवाकोट जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया