काठमाडौं – सरकारले प्राकृतिक विपदमा घर गुमाएकाहरुलाई अस्थायी गृह बनाउन ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।
सोमबारको विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले बाढी, पहिरो र आगलागीबाट घर गुमाएकाहरुलाई पनि अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दिने कार्यविधि स्वीकृत गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिए ।
कार्यकारी समितिको बैठकले बाढी, पहिरो र आगलागीमा घर गुमाएकाहरुलाई दुई किस्तामा राहत दिने निर्णय गरेको हो ।

प्रतिक्रिया