sujim bazar advert

आत्महत्याको कारण मानसिक राेगका बिरामी बढी

डबली खबर     साउन १०, २०८१

Sizen Education Consultancy Pvt. Ltd.

Mental illness patients suicide stats
Big Education Consultancy Nuwakot
global ime bank flash loan

नुवाकोट – नेपालमा हुने आत्महत्याका घटनाबाट सबैभन्दा बढी प्रभावित हुनेमा मानसिक राेगका बिरामी रहेको नेपाल प्रहरीले गरेको अध्ययनले देखाएको छ ।

नेपाल प्रहरी अस्पतालका चिकित्सक सम्मिलित टोलीले एक वर्ष लगाएर गरेको अध्ययनपछि तयार ‘आत्महत्या न्यूनिकरण तथा व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ मा आत्महत्याबाट प्रभावितमध्ये ३८.८ प्रतिशत मानसिक राेगका बिरामी रहेको उल्लेख छ ।

आत्महत्या गर्नुको मुख्य कारणहरुमा मानसिक रोगपछि मानसिक तनावमा २७.८ प्रतिशत, प्रेम सम्बन्धितमा ८.२ प्रतिशत, आर्थिक समस्यामा ८ प्रतिशत, दीर्घ रोगमा ७.५ प्रतिशत, लागुपदार्थ सेवनमा ४.७ प्रतिशत, मादकपदार्थ सेवनमा २.८ प्रतिशत र अन्यहरूमा शारिरीक अपाङ्गता, अनैतिक सम्बन्ध, बेरोजगारी आदि रहेको देखिएकाे छ । जसमा सबैभन्दा बढी मानसिक रोग र सबैभन्दा कम शारिरीक अपाङ्गताका कारणले गर्दा आत्महत्या हुने देखिएकाे छ ।

यस्तै, बारहरूको आधारमा आत्महत्याको घटनामा सबैभन्दा बढी शुक्रबार र सोमबार आत्महत्या हुने देखिएकाे छ ।

प्रतिवेदनअनुसार झुण्डिएर आत्महत्या गर्ने बढी रहेकाे तथ्याङ्क छ । ८३.५ प्रतिशतले झुण्डिएर र १५ प्रशितले विष सेवन गरेर आत्महत्या गरेका छन् । आत्महत्याका १० हजार २४७ घटनामा सुसाइड नोट फेला परेनन् भने १.४ प्रतिशत १४२ जनाको मात्र सुसाइड नोट फेला परेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।


bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top