नुवाकोट – विदुर नगरपालिकाबाट लागुऔषधसहित तीनजना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी तीलक भारतीले जानकारी दिएका छन् ।
विदुर नपा-२ स्थित डेरा गरी बस्ने बर्ष २९ को रमेश मिजारको कोठामा प्रतिबन्धित लागुऔषध (Tramadol hydrochloride) को विक्री वितरण भईरहेको छ भन्ने सूचनाको आधारमा मङ्गलबार दिउँसो १३:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरुको शरिर तथा बसिरहेको कोठा रितपूर्वक खानतलसी गर्दा उक्त कोठामा भएको ओछ्यानमा सिरक र सिरानीले छोपी हरीयो रङको प्लाष्टिकभित्र लुकाई छिपाई राखेको अवस्थामा ट्रामाडोल हाईड्रोक्लोराइड क्याप्सुल १४ पत्तामा १३४ ट्याब्लेट र नाट्राभेट-१० एक पत्तामा ६ ट्याब्लेट फेला परेको सूचना अधिकारी भारतीले जानकारी दिए ।
अभियुक्तहरुलाई पक्राउ गरी नुवाकोट जिल्ला अदालतबाट लागू औषध मुद्दामा दिन १० (दश) को म्याद अनुमती लिई अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया