sujim advert

पाँच स्थानीय तह बजेट विवरण बुझाएन

डबली खबर     असार २३, २०८१

sizen education new intake 2025
ananda Jewellery shop

local level budget dashboard of Nepal
bidur tax consultancy services in nuwakot

विदुर – सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ताकेता गर्दा पनि नुवाकोटका पाँच स्थानीय तहले अटेर गरी अझै बजेट विवरण बुझाएका छैनन् । मन्त्रालयका अनुसार आव २०८०/०८१ को पेश भएको बजेट विवरण मन्त्रालयको वेबसाइट प्रणालीमा प्रविष्ट गर्न यसअघिनै पत्राचार गर्दा पनि विवरण नबुझाएको पाइएको छ ।

बजेट विवरण पेश गर्नेमा नुवाकोटका एक नगरपालिका र चार गाउँपालिका रहेका छन् । विदुर नगरपालिका, किस्पाङ गाउँपालिका, तारकेश्वर गाउँपालिका, दुप्चेश्वर र सुर्यगढी गाउँपालिकाबाहेक नुवाकोटका अन्य स्थानीय तहले बजेट विवरण पेश गरेका छन् ।

म्यागङ गाउँपालिकाले असार ३ गतनैे बजेट विवरण पेश गरेका थिए । विदुर नगरपालिकाले असार २० गते बजेट पारित गरेको थियो भने आइतबार दिउँसोसम्म मन्त्रालयमा पेश गरेको देखिदैन ।

मन्त्रालयका तथ्याकंअनुसार मुलुकभरका ४६१ स्थानीय तहले बजेट विवरण बुझाएका छन् भने २९२ स्थानीय तहहरुले बजेट विवरण बुझाएका छैनन् । बागमती प्रदेशका ११९ मा ७२ स्थानीय तहले बजेट विवरण नबुझाएको मन्त्रालयको प्रविष्ट रहेको छ ।

orchid academy nuwakot admission open 11 grade
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top