+
Search

ताजा अपडेट +

पपुलर +

पशुपति कोषको कार्यकारी निर्देशकमा सुभाषचन्द्र नियुक्त

pashupati development fund ceo
डबली खबर
१ साल अगाडी

काठमाण्डौँ – पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सुभाषचन्द्र जोशी नियुक्त भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको अध्यक्षतामा बसेकाे पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को सोमबार बसेको बैठकले जोशिलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो ।

जोशी खुल्ला प्रतिस्पर्धाबाट जोशी छनौट भएको मन्त्रालयले जनाएको छ । शिक्षा क्षेत्रको नेतृत्वदायी भुमिकामा रहेर झन्डै दुई दशकको अनुभव बटुलेका जोशीले आजै सपथ लिएको छ। नवनियुक्त कार्यकारी निर्देशक जोशीले पछिल्लो कार्यविधि अनुसार आफू छनौट हुन सफल भएको भन्दै आफूले अब सबै पक्षसँग समन्वय गरेर आफूले सिकेका, जानेका कुराहरु अनुसार त्यहाँको बस्तु स्थिति अनुसार अगाडी बढ्ने प्रतिबद्धता जनाए ।

उनले पशुपति विश्वकै हिन्दुहरुको आस्थाको केन्द्र भएकाले त्यसलाई थप शसक्त बनाउने र विकासमा एउटा ईट्टा थप्ने आफ्नो प्रयत्न हुने बताए ।

पछिल्लो समय पशुपति विकास कोशको कार्यकारी निर्देशक नियुक्ति प्रक्रियालाई लिएर आलोचना हुने गरेकोमा यो पटक मन्त्री तामाङको निर्देशनमा खुल्ला प्रतिस्पर्धा बाट नियुक्त गरिएको हो । केही समयदेखि रिक्त रहेको कार्यकारी निर्देशक पदमा यहीँ जेठ २३ गते कोषको कार्यकारी निर्देशकमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्नेगरी कोशले आवेदन माग गरेको थियो ।

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकको पद नेपाल सरकारको राजपत्रांकित विशिष्ट श्रेणी वा सचिव सरहको पद हो। जोशीले आजै पदभार ग्रहण गर्नुभएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ