विदुर – नुवाकोट होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घको अध्यक्षमा पुन: बासुदेव अधिकारी निर्वाचित भएको छ। सङ्घको ५औं अधिवेशनले अधिकारीको नेतृत्वमा नयाँ कार्यसमति चयन गरेको हो ।
अधिकारीको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ ।
सङ्घको वरिष्ठ उपाध्यक्षमा गोविन्दराज न्यौपाने, महिला उपाध्यक्षमा शारदादेवी ढकाल, उपाध्यक्ष रामशरण पौडेल र कृष्णबहादुर मानन्धर चयन भएका छन् ।
यस्तै, महासचिवमा रविन्द्र चालिसे, उपमहासचिवमा शिवराज लामिछाने, सचिवमा सुशील श्रेष्ठ र कोषाध्यक्षमा विनोद लामिछाने चयन भएका छन् ।
सङ्घको सदस्यहरु चन्द्रबहादुर घले, गोपाल लामा, सौगात अमात्य, पवन नेपाल, रामकुमार थापा, उमेश तामाङ र सुशान्त अधिकारी चयन भएका छन् ।
सल्लाहकारहरुमा सन्तोष उप्रेती, आर.एस अधिकारी, सविन श्रेष्ठ र तामाङ प्लाजा चयन भएका छन् ।
प्रतिक्रिया