नुवाकोट – त्रिशूली बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाई स्वरोजगारमूलक तामिल सञ्चालन गरेको छ ।
सहकारीको चालु आर्थिकवर्ष २०८०/०८१ अन्तर्गतको कार्यक्रमअनुसार महिला उद्यमी सीपविकास अन्तर्गत शेयर सदस्यहरुलाई निःशुल्क बुटिक र ब्युटिसियन तालिम सञ्चालन गरिएको सहकारीका अध्यक्ष हरिलाले श्रेष्ठले जानकारी दिए ।
सहकारीले शेयर सदस्यहरुका परिवारमध्ये एक जनालाई स्वरोजगारमूलक तालिम सञ्चालन गरेको हो ।
सहकरीले सेयर सदस्यहरु महिलाहरुलाई एक महिने बुटिक र ब्युटिसियन तालिम सुरु गरिएको सहकारीका प्रबन्धक हरिशचन्द्र अमात्यले जानकारी दिए । केके ब्युटि हाउस, करिष्मा ब्युटि स्टुडियो एण्ड ट्रेनिङ सेन्टर, श्रीयात्रा ब्युटि र अञ्जली ब्युटि पार्लर एण्ड ट्रेनिङका दक्ष प्रशिक्षकहरूले तालिममा सहजिकरण गर्ने सहकारीका प्रबन्धक हरिशचन्द्र अमात्यले जानकारी दिए ।
एक महिना सञ्चालन हुने तालिममा एक सय जना भन्दा बढि महिलाको सहभाभिता रहेको छ ।
प्रतिक्रिया