sujim advert

विदुरको बजेट १ अर्ब नाघ्यो

डबली खबर     असार ७, २०८१

sizen education new intake 2025
ananda Jewellery shop

bidur municipality budget program
bidur tax consultancy services in nuwakot

नुवाकोट – विदुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

शुक्रबार नगरसभामार्फत् नगरपालिका प्रमुख राजन श्रेष्ठले प्रस्तुत गरेको निति तथा कार्यक्रम पारित भएको छ ।

सभामा आगामी आर्थिक वर्षको बजेट नगरपालिकाकी उपमेयर प्रभा बोगटीले एक अर्ब ११ करोड ५३ लाख ५६ हजार रुपैयाँको आर्थिक विधेयक, विनियोजन विधेयक तथा बजेट प्रस्तुत गरेकी छिन् । चालु आवको बजेटभन्दा दुई करोड ४० लाख तीन हजार रुपैँयाभन्दा घटी बजेट गरिएको छ ।

जसमा उपप्रमुख बोगटीले सङ्घीय सरकार २६ करोड ६४ लाख १२ हजार, प्रदेशबाट सात करोड ६६ लाख ४४ हजार, राजश्वबाट ३० करोड १८ लाख र नगरपालिकाको आन्तरिक स्रोतबाट ११ करोड पाँच लाख रुपैंयाको अनुमानित आय विवरण पेश गरेकी छिन् ।

पेश गरिएको आर्थिक विधेयक, विनियोजन विधेयक तथा बजेट आगामी सभामा छलफल तथा अनुमोदन गर्ने गरी नगरसभा स्थगित गरिएको छ ।

र यो पनि,

orchid academy nuwakot admission open 11 grade
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top