काठमाडाैँ – बेपत्ता पारिएका व्यक्तिको छानवीन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ संशोधन गर्न बनेको विधेयक (टिआरसी विधेयक) सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार सम्पन्न भएको छ ।
कार्यक्रममा अवकाश प्राप्त प्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधानले टिआरसी विधेयकमा समेटिनुपर्ने विषयहरूको लागि बैठक अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गरेका छन् । अवकाश प्राप्त प्रहरी महानिरीक्षक मोतिलाल बोहराले संगठनको दुरूगामी हितको लागि छलफल फलदायी रहेको बताए ।
कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले बैठकमा भएको छलफल तथा अन्तरक्रियाबाट आएका राय सुझावहरूलाई समेटी विधेयक सम्बन्धमा आगामी कार्यक्रम एवम् रणनीति तय गरिने बताए ।
कार्यक्रममा सुरक्षा तथा न्याय अध्ययन केन्द्रको तर्फबाट अवकाश प्राप्त प्रहरी महानिरीक्षक प्रकाश अर्यालले उक्त अध्ययन केन्द्रको काम कर्तव्य सम्बन्धि प्रस्तुतीकरण गरेका थिए ।
अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक आमोदचन्द्र गुरूङले विभिन्न देशमा लागू भएको टिआरसी सम्बन्धि आफ्नो अनुभवसहितको प्रस्तुतीकरण गरिएको कार्यक्रममा प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले उक्त विधेयक सम्बन्धमा नेपाल प्रहरीको तर्फबाट राय सुझाव दिन तथा अन्य आवश्यक कार्य गर्नका लागि प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङको संयोजकत्वमा गठित समितिको तर्फबाट प्रस्तुतीकरण गरेका थिए ।
प्रतिक्रिया