+
Search

ताजा अपडेट +

पपुलर +

पार्टी स्थापना दिवसमा रास्वपाको चियापान

rashtriy swatantra party nuwakot celebrating second anniversary
डबली खबर
१ साल अगाडी

नुवाकोट – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापनाको दोस्रो वार्षिकोत्सवको अवसरमा शुक्रबार विदुरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

चियापानमा जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, नेकपा एमालेका सचिव शिवकुमार चित्रकार, नेपाली काङ्ग्रेसका उपसभापति राजु थापा, नेकपा माओवादीका अध्यक्ष पुष्प लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कुलबहादुर खड्गीलगायतको सहभागी रहेको थियो ।

यस्तै, चियापानमा नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी नुवाकोटका सभापति हरि श्रेष्ठ, पार्टीका केन्द्रीय सदस्य रामकृष्ण भट्टराइ, नेता सुमन विक्रम पाण्डे, डा. प्रधुम्न महत, सुरक्षा अंगका प्रतिनिधिहरू, पत्रकारलाई आमन्त्रण गरिएको पार्टी सभापति रामेश्वर गजुरेलले जानकारी दिए ।

रास्वपाले पार्टी कार्यालयमा दोस्रो वार्षिकोत्सवको अवसरमा कृषि जागरण, सरसफाई, रक्तदान, चियापानलगायत कार्यक्रम आयोजना गरी साताव्यापी मनाएको थियो ।

नुवाकोटमा करिब एक हजार पाँच सय सक्रिय सदस्य रहेको पार्टीले जनाएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ