sujim bazar dashain tihar bumper offer

ग्लोबल आइएमईको वित्तीय साक्षरता

डबली खबर     जेष्ठ ३२, २०८१

sizen education study in Japan
ananda Jewellery shop

dipak pokhrel branch manager of global ime bank battar nuwakot
bidur tax consultancy services in nuwakot
Bidur municipality dengue awareness 2081

नुवाकोट – ग्लोबल आइएमई बैंक लिमिटेडको बट्टार शाखाले आज शुक्रबार वित्तीय तथा डिजिटल बैंकिङ्ग सम्बन्धि साक्षरता कार्यक्रम आयोजना गरेको छ ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष दिनेशकुमार श्रेष्ठ, अर्किड एकेडेमीका प्रधानाध्यापक रामहरी रिमाललगायत एक सय ५० जनाभन्दा बढी ग्राहक, विद्यालयका शिक्षक र विद्यार्थीहरुको उपस्थिति रहेको बैंकका ऋण विभाग प्रमुख विशाल देवकोटाले जानकारी दिए ।

कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष श्रेष्ठले बैंकिङ कारोबार अनलाईन र मोबाईलमार्फत् गर्दा संयमित भएर गर्नुपर्ने बताए। डिजिटल तथा वित्तीय साक्षरताले कारोबारको सुनिश्चितता रहने उनले बताए ।

शाखा प्रबन्धक दिपक पोखरेलले बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ सेवाहरू, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराए । बैंकले प्रदान गर्ने आधुनिक बैंकिङ सेवाको जानकारीको साथै बैंकका ग्राहकहरुमा डिजिटल प्रविधिको पहुँच विस्तार तथा वित्तीय साक्षरता गराउनु रहेको उनले बताए ।

बैंकले चालु आर्थिकवर्ष २०८०/८१ मा ७७ जिल्लामा रहेका आफ्ना शाखामार्फत् वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ प्रवर्द्धन कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।

ग्लोबल आएमई बैंक लिमिटेड देशको एक अग्रणी बैंकको रुपमा स्थापित बैंक हो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top