sujim bazar dashain tihar bumper offer

चेपाङको जीवनीमा ‘पचेडा’

डबली खबर     जेष्ठ २७, २०८१

sizen education study in Japan
ananda Jewellery shop

pacheda documentary screenshot
bidur tax consultancy services in nuwakot
Bidur municipality dengue awareness 2081

काठमाडौँ – फिल्मलाई गन्तव्य मानेर ओस्कार कलेजमा अध्ययन गरेपछि निर्देशक दीपेन्द्र केसीले एक वृत्तचित्र तयार गरेका छन् ।

‘कथाभित्रका कथाहरू’ नामक वृत्तचित्र निर्देशनसँगै निर्माणमा व्यस्त केसीले ‘पचेडा’को ट्रेलर सार्वजनिक गरेका छन् ।

चेपाङ जङ्गलमै किन बसिरहेका छन् ? उनीहरू किन अवसरका लागि सहर पस्दैनन् ? भन्ने कथालाई उनले वृत्तचित्रमा समेटेको बताएका छन् ।

‘कुनै डरलाग्दो चलचित्रको झल्को दिने भएतापनि यो वास्तविक कथा हो । वृत्तचित्रमार्फत सन्तलालको परिवारले बाँच्नका लागि गरिरहेको सङ्घर्ष कथालाई जस्ताको त्यस्तै देखाउने कोसिश गरेको छु’, केसीले भने ।

मनहरी गाउँपालिका वडा नम्बर ४ का सदस्य विष्णुबहादुर प्रजाको सहयोगमा उनले केसी तयार गरेका छन् ।

उक्त वृत्तचित्रमा सन्तलालसँगै उनको परिवार आकर्षणका पात्र छन् ।

shivam cement 2081 dashain
bagamati gabion box in Nuwakot

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top